१ लाख म्यादी प्रहरीको माग, तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - स्थानीय तहको निर्वाचनको लागि भारी संख्यामा म्यादी प्रहरीको माग गरिएको छ । नेपाल प्रहरीले १ लाख जना म्यादी प्रहरीको लागि भर्ना खुलाएको हो । 

निर्वाचनमा कुल ४० दिन खटिनु पर्ने हुन्छ ।  जस अवधिमा कुल ४० हजार ४ सय ४० पारिश्रमिक पाइनेछ । म्यादी प्रहरी हुनका लागि नेपाली नागरिक हुनु पर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनैतिक दलको सदस्य नरहेको,शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको, साधारण लेखपढ गर्न जान्ने, प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को अनुसूची ३ प्रकरण (३) को (छ) र (ज) मा उल्लेख भए बमोजिम हुनु पर्नेछ ।

ईच्छुक तथा योग्य नेपाली नागरिकले चैत्र ६ गतेदेखि चैत्र ११ गतेसम्म सबै जिल्लाका जिल्ला प्रहरी कार्यालय र महानगरीय प्रहरी परिसर ९काठमाडौँ, भक्तपुर र ललितपुर बाट आवेदन दिन सक्ने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया