आजसम्म कायम सेयरधनीले मात्र एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको लाभांश पाउने, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - नेप्सेमा सुचिकृत २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ एनएलजीले ६ चैत्रमा र गरिमा विकास बैंकले ४ चैत्र बुक क्लोज गर्ने भएका छन् । त्यसैले आज सम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत्र १७ गते आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश ९कर प्रयोजन० वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै गरिमा विकास बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा चैत्र १८ गते, शुक्रबार होटल पोखरा ग्रान्ड, बिरौटा पोखरमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया