केही दिन सकरात्मक रहेको शेयर बजार दोहोरो अंकले घट्यो, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक १७.१५ अंकले घटेर २६५०.९७ को बिन्दुमा पुगेको छ भने सेन्सेटिभ ईन्डेक्स ७.२६ अंकले घटेर ५०२.५९ को बिन्दुमा पुगेको थियो । 

आईतबार १०१ अंकले बढेको बजारमा सोमबार टिएमएसमा आएको प्राविधिक समस्याका कारण १२ः५३ पछि कारोबार रोकिएको थियो । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड २३ लाख ५७ हजार एक सय ९४ रूपैयाँ बराबरको कारोबार भएको हो । 

मंगलबार इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय २९ रूपैयाँ ७० पैसा पुगेको छ । 

आज नेपाल टेलिकम कै शेयरको मूल्य सबैभन्दा धेरै घटेको छ ।  कम्पनीको शेयरमूल्य ५.१३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ६ सय २६ रूपैयाँमा अन्तिम कारोबार भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया