राष्ट्र जनउत्थान र जल्पा सामुदायिक लघुवित्तको सर्वाधिक कित्ता शेयर खरिदमाग, बिक्रीमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा दुई कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ भने बिक्रीमाग शून्य रहेको छ ।

आज कारोबारको सुरु भएको पौने ४ घण्टाको अवधीसम्म राष्ट्र जनउत्थान लघुवित्त र जल्पा सामुदायिक लघुवित्तको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको हो । 

सो अवधीसम्म राष्ट्र जनउत्थान लघुवित्त २ लाख ४१ हजार ६६६ कित्ता शेयर खरिदमाग भएको छ  भने बिक्रीमाग शून्य रहेको छ ।

यस्तै, जल्पा सामुदायिक लघुवित्तको पनि बिक्रीमाग शून्य रही २ लाख ११ हजार ४९९ कित्ता शेयर खरिदमाग भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया