काठमाडौं- कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको METITO(OVERSEAS) QATAR WLL कम्पनीले विभिन्न पदका लागि ३० जना पुरुष कामदार कामदारको माग गरेको हो।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ५० हजार माथिदेखि ६६ हजार बढी पाउनेछ । इच्छुक कामदारले Saptakoshi Human Resources Pvt. Ltd.काठमाडौंमा चैत्र ८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,भिसा स्ट्याम्पीङ शुल्क,हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क,विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया