काठमाडौ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक तलब, भत्ता एवम् बोनस बापत एक करोड १६ लाख ७१ हजार ७२४ रुपैयाँ दिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतले लब भत्ता बापत ८२ लाख २५ हजार रुपैयाँ दिएको थियो । त्यस्तै नियम अनुसार बस्नेतले कर्मचारी बोनस बापत २४ लाख ४६ हजार रुपैयाँ बुझेका छन् । जवकी यस भन्दा अघिल्लो आर्थिक वर्षमा बस्नेतले जम्मा ८२ लाख २९ हजार रुपैयाँ मात्रै बुझेका थिए । बस्नेतले तलब भत्ता बोनस बाहेक सञ्चयकोष बापत तीन लाख ३० हजार र सञ्चित विदा बापत तीन लाख ३० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
हाल कायम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले २०७८ जेठदेखि कार्यभार सम्हाल्दै आएका छन् ।
यस आर्थिक वर्ष २०७/७७ मा सञ्चालक समितिका सदस्यहरुले बैठक भत्ता बापत १३ लाख ४८ हजार रुपैयाँ बुझेका छन् । यस वर्ष कर्मचारीका लागि २८ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै अभिकर्ताका लागि कमिशन सहित ४० करोड ८६ लाख खर्च भएको छ ।
यस वर्ष कर्मचारीहरुले मुनाफाबाट नियम अनुसार ८ करोड २२ लाख ६४ हजार रुपैयाँ बोनस प्राप्त गरेका छन् । कम्पनीले यस आर्थिक वर्षमा ७३ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिन्छ । यस आधारमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया