गरिमा विकास बैंकको बुक क्लोज चैत ४ गते, भोलिसम्म कायम शेयरधनीले मात्र १६ % लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं- गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि ( बुधवारं) अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि चैत ४ गते देखि १८ गतेसम्म बुक क्लोज गरेकाले बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । साथै चैत ३ गते  बिहीवार सार्वजनिक बिदा रहेकाले बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले १५ औं वार्षिक साधारण सभा आगामी चैत १८ गते बोलाएको छ । कम्पनीले सभा कास्की  जिल्लाको पोखरास्थित होटल पोखरा ग्राण्ड बिरौटामा बिहान १०ः३० बजे शुरु हुनेछ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया