काठमाडौं- काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महसुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ।
खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट का.मु.उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षेर गरे।
योसँगै इसेवामार्फत केयुकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, वानेश्वर, महांकालचौर, ललितपुर,महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महसुल भुक्तानी गर्न सकिन्छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ ।
इसेवा प्रयोगकर्ताले मोबाईलबाटै सिधै अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्ट मार्फत रकम भुक्तानी गर्न सकिन्छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
प्रतिक्रिया