काठमाडौैं- पछिल्लो समय नेपालका सबै जसो स्थानीय तहमा बैंक पुगिसकेका छन्। तर अझै पनि तीन स्थानीय तहमा बैंकको पुग्न सकेको छैनन्। बैंकको न पुगेका गाउँपालिकाहरूमा बझाङ जिल्लाको साइपल गाउँपालिका,धादीङ जिल्लाको रुबिभ्याली गाउँपालिका र जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिका हुन्।
बैंक नपुगेका उक्त स्थानीय तहमा समेत बैंक पुर्याउने योजनामा राष्ट्र बैंक छ। उसले वाणिज्य बैकहरूलाई ती जिल्लामा जानै पर्ने भनेर भाग समेत लगाएको छ। राष्ट्र बैंकले भाग लगाइदिएपछि उक्त गाउँपालिकामा समेत बैक आउँछ भनेर त्यहाँका स्थानीयले आशा गरेको समेत निक्कै भई सक्यो। तर उक्त क्षेत्रमा अझै बैंक पुग्न सकेको छैन् ।
बझाङ जिल्लाको साइपल गाउँपालिकामा राष्ट्र बैंकले लगाएको भागमा एभरेष्ट बैंकको परेको छ। तर एभरेष्ट बैंकले भने अझै शाखा खोलेको छैन। त्यसैगरी धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिकामा बैंक अफ काठमाण्डूले शाखा खोल्ने भनेको छ। तर उसले पनि शाखा विस्तार गरेको छैन। जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिका कृषि विकास बैंकको भागमा परेको छ। उसले पनि अझै शाखा खोलेको छैन।
स्थानीय बैंकको लागि केन्द्रसम्म आउँछन्। बैंक पूर्वाधार अभावमा त्यहाँ जान मन गर्दैनन्। नेपाल राष्ट्र बैंकले कडी कढाऊ गर्दैन। सरकारले वास्ता गरेको देखिँदैन। जसले गर्दा आजसम्म पनि तीन स्थानीय तहले बैंक देख्न नपाएका हुन्।
प्रतिक्रिया