वाणिज्य बैंकहरुको निक्षेप १५ अर्बले बढ्यो, कर्जा लगानी पनि बढ्दै, कतिले ?

४ बर्ष अगाडि

काठमाडौं, एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ । वाणिज्य बैंकहरुले एक महिनामा १५ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । 

गत माघ महिनाको अन्तिमसम्म कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप फागुनको अन्तिमसम्म कुल ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुले माघ मसान्तको तुलनामा फागुनको पहिलो सातामा १ अर्ब, दोस्रो सातामा २ अर्ब तेस्रो सातामा १३ अर्ब रुपैयाँले निक्षेप बढाएका थिए भने चौथो अर्थात फागुनको अन्तिम सातामा कुल १५ अर्ब रुपैयाँले निक्षेप बढाएका हुन् ।

यस्तै, बैंकहरुले कर्जा लगानी पनि निरन्तर बढाएका छन् । एक महिनामा बैंकहरुले कर्जा पनि १४ अर्ब रुपैयाँले वृद्धि गरेका छन् । फागुन महिनासम्म बैंकहरुले कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरुको सीडी रेसियो गत साता ९०.८० प्रतिशत रहेको सीडी रेसियो फागुनको चौथो सातामा ९१.०८ प्रतिशत कायम भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया