गणपति लघुवित्तले २ पदका लागि माग्यो कर्मचारी, एसइई उत्तिर्णले पनि आवेदन दिनसक्ने

४ बर्ष अगाडि

काठमाडौं- गणपति लघुवित्त वित्तीय संस्थाले २ पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । शाखा प्रबन्धकका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य गरेको र प्रशिक्षार्थी सहायकमा एसइई उत्तिर्ण गरेको कम्प्यूटर सम्बन्धी ज्ञान भएको व्यक्त्ति माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी चैत १५ गते भित्र कम्पनीको इमेल [email protected] र संस्थाको बेवसाइट www.ganapatimicro.com.np मार्फत आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया