शिखर इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन तथा बिक्री खुला, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- आज (चैत १ गते) देखि शिखर इन्स्योरेन्स कम्पनी र छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेका छन् । 

शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात १ः०.३ अनुपातमा १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

उक्त हकप्रद शेयरमा चैत २१ गते सम्म आवेनद दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी २ अर्ब २८ करोड पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले  इक्राएनपी आइआर ए  रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको देखाउँछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

यस्तै, छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर  लिलामीमार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री हुन नसकेको ५९ हजार ८२७ कित्ता सेयर कम्पनीले लिलामीमा राख्ने भएको हो । 

लिलामीमा राखिएको शेयरमा इच्छुक जोकाही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको शेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति चैत ९ गते बैंकिङ समयसम्म तोकिएको छ । 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय तथा ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया