यातायात विभागले अनिश्चित कालका लागि बन्द गर्यो अनलाइन लाइसेन्स आवेदन

३ बर्ष अगाडि

काठमाडौं- यातायात व्यवस्था विभागले सवारी अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन बन्द गरेको छ । सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन अनिश्चित कालको लागि बन्द गरेको हो ।

विभागका अनुसार पुराना आवेदकको ट्रायल परिक्षा सकाउने भन्दै यातायात विभागले नयाँ अनलाइन आवेदन बन्द गरेको जनाएको हो ।

 ‘हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले यही मिति २०७६ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ । विभागको सूचनामा भनिएको छ ।
 
पुराना आवेदकको ट्रायल परिक्षा जतिसक्दो छिटो गर्नुपर्ने भएकाले र आवेदकको पालो २०२५ सम्म पुगेकाले सबै सकेरमात्रै पुनः लाइसेन्स आवेदन खोल्ने तयारी भएको विभागले जानकारी दिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया