साढे ३ लाख माथि मूल्य रहेको यामाहा एफजेटएक्स १५० छिटै नै नेपाली बजारमा आउने,यस्ता छन् विशेषता

३ बर्ष अगाडि

काठमाडौं- चैत पहिलो सातादेखि नेपाली बजारमा नयाँ मोटरसाइकल यामाहा एफजेटएक्स १५०को बिक्री सुरु हुने भएको छ । 

नेपालका लागि यामाहा मोटरसाइलको आधिकारिक वितरक एमएडब्लयु माटर्सले ल्याएको यो मोटरसाइकल एफजेट एक्स भी ३ मा आधारित भएर डिजाइन गरिएको छ ।

खासगरी एफजेड एक्स मोटरसाइकलमा एलइडी हेड ल्याम्प,ब्लुटुथ कनेक्टिभिटी सिंगल च्यानल एबीएस,कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन,दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट लगायतका फिचर उपलब्ध रहेको बताइएको छ ।

एफजेड एक्स मोटरसाइकलमा १४९ सीसी क्षमताको एफआई इन्जिन राखिएको छ जसले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो मोटरसाइलको मूल्य साढे तीन लाख माथि रहने अनुमान गरिएको छ । यामाहा एफजेट एक्स भारतीय बजारमा ठूलो माग रहेको कारण नेपालमा आउन केही समय कुर्नु परेको कम्पनीले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया