तीन दिनदेखि कोरोनाबाट ज्यान गुमाउने सख्या शून्य,कति थपिए संक्रमित र निको हुने कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४१८ जनामा कोरोना परीक्षण गर्दा उक्तसंख्याबराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १४८ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६१ हजार २१८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले ४ हजार ८१९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा ९२  हजार ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया