काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समिक्षा गोष्ठी आयोजना गरेको छ ।
कम्पनीका अध्यक्ष बाबुराम थापाले उद्घाटन गरेको गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत तथा ७ ओटै प्रदेशका ६० ओटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।
गोष्ठीमा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त सम्बन्धी विभिन्न विषयमा तालिम दिएका थिए ।
१५ करोड २५ लाख पूँजी रहेको उक्त कम्पनीले मुलुकभरका २१ ओटा जिल्लाका २६ हजार विपन्न परिवारमा २ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
उक्त अवसरमा कम्पनीका कार्यकारी प्रमुख रोशनकुमार अधिकारीले सर्वसाधारणलाई आईपीओ निष्कासन गरेपश्चात संस्थाको चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्ने र सोकालागि प्रक्रिया शुरु भएको बताए ।
उक्त समिक्षा गोष्ठी तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया