काठमाडौं- किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक अधिकृत रअधिकृतमा केही संख्यामा र सिएमा १ जना कर्मचारी माग गरेको हो ।
सहायक अधिकृत र अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्था बाट स्नातक तह उत्र्तिण गरी आवेदन पद भन्दा १ पद मूनी कम्तीमा ३ वर्ष लघुवित्त अनुभव र सिए पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिएको परीक्षामा उत्तिर्ण गरी वित्तीय संस्थामा लेखा परिक्षण सम्बन्धी कार्य अुनभव भएको शैक्षिक योग्यता माग गरेको ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित चैत १० गते भित्र संस्थाको एनआइशि एशिया बैंक लम्कीमा रहेको खाता नम्बर ८६४१४७७३५५५२४००४ मा १ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर संकलन गरी संस्थाको कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौं अनलाइन kisanlaghubitta.com.np/online-apply मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया