कोरियामा अहिलेसम्मकै उच्च संक्रमणदर : २४ घन्टामा भेटिए ३ लाख ९ हजार कोरोना सङ्क्रमित

४ बर्ष अगाडि

एजेन्सी - दक्षिण कोरियामा एकै दिनमा ३ लाख बढिमा कोरोना भाइरसका सङ्क्रमित भेटिए छ । प्राप्त समाचार अनुसार त्यहाँ गएको २४ घन्टा यतामात्र ती३ लाख ९ हजार बढीमा कोरोना सङ्क्रमित पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । सो निकायका अनुसार अहिलेसम्म त्यहाँ ६८ लाख भन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् । 

त्यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन् । त्यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।

उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया