काठमाडौं, टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबार रोकेको छ। बजार खुलेको १ घण्टा बित्न नपाउँदै टीएमएसमा समस्या आएको थियो। जसका कारण थुप्रै लगानीकर्ता कारोबार गर्नबाट वञ्चित भएका थिए।
नेप्सेले टीएमएसमा आएको समस्या कारण शेयर कारोबार स्थगित गरिएको जनाएको छ। नेप्सेले समस्या समाधान भएपछि कारोबार सुचारु गरिने जनाएको छ।
नेप्सेका अनुसार अहिले ३० वटाभन्दा ब्रोकरको टीएमएसमा समस्या देखिएको छ। ब्रोकरको डाटा सेन्टरमा देखिएको समस्या समाधानका लागि प्राविधिक कामहरु भइरहेको नेप्सेले जनाएको छ।
प्रतिक्रिया