आजका लागि तय गरिएको नेशनल हाइड्रोपावरको साधारण सभा स्थगित, अब कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि आजका लागि तय गरिएको साधारण सभा स्थगित भएको हो । 

आज बस्ने सञ्चालक समितीको बैठकले केहि दिन भित्रमै गर्ने गरी अर्को साधारणसभाको मिति तोक्ने कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यस्तै बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया