आजसम्म कायम शेयरधनीहरूले मात्र नेको इन्स्योरेन्सको १५.७९ प्रतिशत लाभांश पाउने, सधारण सभा कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकोले आज फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको १६औं वार्षिक साधारण सभा चैत्र ९ गते कम्पनीको केन्द्रिय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया