काठमाडौं - कृषि विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.१० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको व्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।
यस्तै रेमिटान्स मुद्दती निक्षेपमा भने बैंकले १२.०३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

प्रतिक्रिया