आशा लघुवित्तको साधारण शेयर माघ १८ गतेदेखि खुल्ने

६ बर्ष अगाडि

काठमाडौं – आशा लघुवित्तको साधारण शेयर यही माघ १८ गतेदेखि बिक्री हुने भएको छ ।

आशा लघुवित्तले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर छिटोमा माघ २२ गते र ढिलोमा फागुन १९ गते बन्द हुनेछ ।

बिक्री गर्न लागेको साधारण शेयरमध्ये १०३७० कित्ता कर्मचारीलाई र ३३७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिने छ ।

उक्त शेयरका लागि १० कित्ता मात्रै पनि आवेदन गर्न सकिन्छ ।  न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने प्रावधान राख्ने गरेकोमा आशाले भने १० कित्ता नै न्यूनतम आवेदन कित्ता कायम गरेको छ ।

 बढीमा  भने ३३७० कित्ता आवेदन गर्न सकिन्छ । यद्यपि लघुवित्तको शेयरमा सबैको आकर्षण हुने र बढीमा ६३ हजारले मात्र शेयर पाउने भएकोले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त हुन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया