स्पेशल प्रि ओपनमा जाल्पा लघुवित्तको पहिलो कारोबार कतिमा ? शेयर बजार १० अंकले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०१.०७ अंक बढेर २६६७.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.९९ अंक बढेर २६७७.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २० स्टकको ४१ लाख ६१ हजार ४० रुपैयाँ ६० पैसा बराबरको २ हजार ९४९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।


सोमबार स्पेशल प्रि ओपन सेसनमा जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा लघुवित्तको शेयर प्रति कित्ता ३१८ रुपैयाँ ६० मा पहिलो कारोबार भएको हो।

लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।

लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो भने जेएएलपीए कारोबार संकेत प्रदान गरेको थियो।

फागुन २९ गते आइतबार, स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार नभएपछि सो दिन नियमित बजारमा कारोबार हुन सकेको थिएन।

४ बर्ष अगाडि

प्रतिक्रिया