काठमाडौं - कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आगामी चैत १४ देखि आवेदन खुला गरिने भएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियामा रोजगारीका लागि जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला गर्न लागिएको हो । इच्छुक नेपाली चैत २१ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । परीक्षा काठमाण्डौ केन्द्रबाट मात्र सञ्चालन हुने शाखाले जनाएको छ ।
शाखाले कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ। जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ । यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।
यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने छ ।
सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ । उत्पादन क्षेत्रको सीप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ ।
परीक्षा शुल्क २४ डलर तोकिएको छ ।
प्रतिक्रिया