छ्याङ्दी हाइड्रोपावरले बिक्री नभएको ५९ हजार ८२७ कित्ता सेयर भोलिबाट लिलामीमा राख्दै

३ बर्ष अगाडि

काठमाडौं - भोलिबाट छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर  लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री हुन नसकेको ५९ हजार ८२७ कित्ता सेयर कम्पनीले लिलामीमा राख्ने भएको हो । 

लिलामीमा राखिएको सेयरमा इच्छुक जोकाही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति चैत ९ गते बैंकिङ समयसम्म तोकिएको छ । 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय तथा ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया