नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धक सानिमा क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं - नेपाल एसबीआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । 

बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो । यो ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा गत फागुन १६ गते आवेदन दिएको छ । 

धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ । जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले ९.२५ प्रतिशत ब्याज पाउने छन् । ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया