नबिल बैंकको बचत खातामा अब कति पाइन्छ ब्याज ?, एनबी बैंक गाभ्न केन्द्रीय बैंकको सैद्धान्तिक सहमति

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (चैत्र १ गते मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ अधिकतम ११।०३ प्रतिशतसम्म तोकिएको छ । रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १२.०३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

त्यस्तै, सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार बैंकको आधारदर ७.३९ प्रतिशत रहेको छ  । साथै नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्न नबिल बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ । राष्ट्र बैंकले आइतबार नबिल बैंकलाई एनबी बैंक गाभ्ने सैद्धान्तिक सहमति दिएको हो।

नबिलले गत पुस २९ मा एनबी बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकगाभेपछि नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा नेपालको अग्रणी बैंकको रुपमा स्थापित हुने देखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया