सामलिङ्ग पावरको साधारण सभाले सञ्चालकको संख्या घटाउने, बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - सामलिङ्ग पावर कम्पनी लिमिटेडले आफ्नो तेस्रो साधारणसभा बोलाएको छ ।  कम्पनीको तेस्रो वार्षिक साधारण सभा चैत्र २१ गते, सोमबार कार्की ब्याङ्केट बबरमहल, काठमौंडौमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभाले ११ जना सञ्चालकको संख्यालाई घटाएर ७ जना बनाउने बिशेष प्रस्ताव पारित गर्ने छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्नेछ । साथै सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित हुनेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।  

३ बर्ष अगाडि

प्रतिक्रिया