काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय गरेकोे छ ।
मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिँदा नेपाल आउने रेमिट्यान्समा असर परेको भनी आलोचना भइरहेको अवस्थामा आइतबार प्रचलित कानून अनुसार श्रम स्वीकृति दिन पुनः शुरु गर्ने निर्णय गरिएको हो ।
मलेसियबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन शुरु गरेको र सो अनुसार मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः शुरु गर्ने निर्णय गरिएको समेत मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया