काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले विभिन्न खातामा भोलि (चैत्र १ गते मंगलबार) देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ११.५५ प्रतिशतदेखि अधिकतम १२.५५ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले ब्याजको आधार दर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधार दर ९.९३ प्रतिशत कायम गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।
३ महिना देखि ३ वर्ष सम्मको रा।बा बैंक रेमिटेन्स मुद्दती निक्षेपमा भने बैंकले १२.०३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले ब्याजको आधार दर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधार दर ६.१४ प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया