मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक को ?

४ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले फागुन २० गते सेबोनमा निवेदन पेश गरेको छ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया