बढेन वाणिज्य बैंकहरुको ब्याजदर

४ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागु हुने ब्याजदर प्रकाशित गरेका छन् । तर, बैंकहरुले गत महिनाको तुलनामा ब्याजदर बढाएका छैनन् ।

फागुन महिनामा ११.०३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको ब्याजदर, चैत महिनामा पनि ११.०३ प्रतिशत नै रहेको छ । बैंकहरुले ३ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत मुद्दतिमा सो दरमा ब्याज दिनेछन् ।

बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए । तर, ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर यथावत राख्ने निर्णयमा पुगेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया