अब सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

४ बर्ष अगाडि

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेड सँग सम्झौता गरेको छ, जस अन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ । यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई– बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । 

उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् : “हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुर्याउनेछ भन्ने आशा लिएका छौं ।” 

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। 

‘खल्ती’ khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ।

थप जानकारीको लागि आकृती शर्मा लाई  [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया