काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गा नामसरी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख ३५ हजार रूपैयाँ घूस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
गत फागुन १२ गते अख्तियारको टोलीले निजलाई घूससहित पक्राउ गरेको थियो ।
भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका अनुसार उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घूस लिएको देखिन आएकोले बताएको छ ।
प्रतिक्रिया