काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको आज दिउँसो साढे ३ बजे बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश कम्पनीले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।
प्रतिक्रिया