शेयर बजारमा उछाल : एकैदिनमा १०१ अंकको वृद्धि, कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा सकरात्मक उछाल देखिएको छ । नेप्से परिसूचक सँगसँगै कारोबार रकम पनि बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । नेप्से ३.९४ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा पुगेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ९० लाख २२ हजार ८ सय ९० कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह बढेको छ 

आइतबार शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ३६ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने सबै इन्स्योरेन्स कम्पनीहरू रहेका छन् । अन्य ४ कम्पनीको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  

यस दिन मेगा म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया