यी कम्पनीका लगानीकर्ता भए मालामाल, ३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजारमा सकरात्मक उछाल आएको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक एकैदिनमा १०० बढी अंकले बढेको छ ।

कारोबारको अन्तिम समयसम्म तीन कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ । आज एशियन लाइफ इन्स्योरेन्स,ज्योति लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

इमर्जिङ नेपालको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । यस्तै,कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९,सूर्य लाइफ इन्स्योरेन्सको ९.८४ र मञ्जुश्री फाइनान्सको ९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

अन्य कुनको कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया