नेशनल लाइफको साधारण सभा सम्पन्न, कुल पुँजी ४ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आइतबार (फागुन २९ गते) आज अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो । 

सभामा कम्पनी अध्यक्षले कोभिड १९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन् । नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी मांग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तिय साक्षरतामा बृद्धि गर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेलु वचत एवं प्रति ब्यक्ति आम्दानीमा भएको बृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको धारणा राखिन् । 

सभामा अध्यक्षले आ.व.२०७६/०७७ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कूल बीमाशुल्क १५.१२ प्रतिशतले बृद्धि भई रु.९२६.७४ करोड पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धि भई रु.३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले बृद्धि भई रु.३,१८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६÷०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूल पूँजी रु.४ अरब ३ करोड नाघेको छ । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसारFuture Bonus Provisioning मा यथेष्ट ब्यवस्था गरिए पनि बीमितहरुलाई पूर्व वर्ष सरह वोनस दर प्रदान गर्न सफल भएको छ । आगामी वर्षहरुमा समेत बीमितहरुलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिबद्धता जनाइन् । 

सभामा अध्यक्षले आ.व.२०७७/०७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले बृद्धि भई रु.४ अरब नाघेको जानकारी गराइन् । आउने दिनहरुमा कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रमणी भूमीका निर्वाह गर्नेमा विश्वास प्रकट गरिन् । कम्पनीले शाखा सन्जाल, अभिकर्ता ब्यवसायीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराइन् ।

३३ औं वार्षिक साधारण सभाले आ.व. २०७६/ ७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२र(नगद लाभांश प्रस्ताव पारित गरेको छ । यसै गरी सो साधारण सभावाट संस्थापक समूह 'क'वर्ग वाट ३ जना - प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण 'ख' वर्गवाट २ जना - भवानी राणा र  कुलदीप शरण सिंह निर्वाचित भएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया