काठमाडौं- हिमालयन जनरल इन्सुरेन्सले लाभांश प्रस्ताव परित प्रस्तावसहित भोलि सोमबार (फागुन ३० गते) साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि हिमालयन जनरलले फागुन १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । फागुन १५ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरी सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया