कारोबार खुलेको ५ मिनेटमै नेप्से २६०० बिन्दु माथि, उच्च अंकले बढ्यो शेयर बजार

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) कारोबार सुरु भएको केही मिनेटमै शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ ।

आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार सुरु भएको ५ मिनेटै ३६.४६ अंकले उकालो लागेर २६०३.३५ को बिन्दुमा पुगेको छ ।

सो अवधीसम्म कारोबारमा आएका १४३ कम्पनीको २ लाख ५७ हजार ७५७ कित्ता शेयर खरिदबिक्री हुदाँ १३ करोड ८९ लाख ९९ हजार बढीको शेयर कारोबार भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया