काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार नहुने भएको छ । स्पेशन प्रिओपन सेसनमा कम्पनीको शेयर अडर म्याच नभएपछि रेगुरल सेसनमा पनि कारोबार नहुने भएको हो ।
त्यस अनुसार लघुवित्तको शेयर भोलि सोमबार प्रिओपन सेसनमा कम्पनीको भएमात्रै रेजुलर सेसनमा कारोबार हुनेछ ।
लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।
लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि मूल्यको आधारमा पहिलो शेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया