स्पेशल प्रि ओपनमा राष्ट्र उत्थान लघुवित्तको पहिलो कारोबार कतिमा? करिब साढे ८ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५२(३१ अंक बढेर २५६६.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.३६ अंक बढेर २५७५।२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १८ स्टकको ६६ लाख ५९ हजार १०२ रुपैयाँ ९९ पैसा बराबरको १२ हजार ८०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

स्पेशल प्रि ओपनमा राष्ट्र उत्थान लघुवित्तको पहिलो कारोबार कतिमा ?

स्पेशल प्रि ओपन सेसनमा राष्ट्र उत्थान लघुवित्तको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर प्रति कित्ता ५०२ रुपैयाँमा पहिलो कारोबार भएको हो।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसा देखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। लघुवित्तको शेयर यस दिन आरयुएलबी टिकरमा कारोबार भएको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया