मर्दी जलविद्युत आयोजनाको पनि १० लाख ५० हजार कित्ता आइपिओ आउँदै, के छ विचार

६ बर्ष अगाडि

काठमाडौं – युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।

कम्पनीले कास्कीमा निर्माणधीन ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाको सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले रु  १० करोड ५० लाख बराबरको १० लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ ।

कूल रु  ४ करोड २० लाख बराबरको सेयउर  आयोजना प्रभावित स्थानीय र रु ६ करोड ३० लाख मूल्यको सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ ।

हाल  आयोजना काम ८५ प्रतिशत बढी पूरा भएको छ ।  आयोजनाबाट आगामी चैतदेखि विद्युत उत्पादन गर्ने तालिका छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया