मिर्मिरे र बुद्धज्योति लघुवित्त मर्जर हुदैँ,जेठभित्रै एकीकृत कारोबार

४ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

काठमाडौमा भएको एक कार्यक्रमबीच दुवै संस्थाले प्राप्तिसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा मिर्मिरेका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योतिका तर्फबाट अध्यक्ष गोविन्द पाण्डेयले हस्ताक्षर गरेका छन्। 

बुद्धज्योतिलाई प्राप्ति गरेपछि संस्थाका नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने सम्झौता भएको छ। आउँदो जेठभित्रै एकीकृत कारोबार गरिसक्ने संस्थाले जनाएको छ।

मिर्मिरे लघुवित्तको माघ मसान्तसम्ममा ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालयबाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ। संस्थाले माघ मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब रुपैयाँ कर्जा लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए। 

सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उपप्रादेशिक कार्यालयहरुको संरचनासहित कार्य सञ्चालन गरिरहेको मिर्मिरे लघुवित्तले यसअघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया