छ्याङदी हाइड्रोपावरले चैत्र १ गतेदेखि हकप्रद शेयर लिलामी बिक्री गर्दै, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं- छ्याङदी हाइड्रोपावरले चैत्र १ गतेदेखि हकप्रदमा शेयर लिलाम गर्ने भएको छ । कम्पनीले चैत्र १ गतेदेखि चैत्र ९ गतेसम्म हकप्रदमा अवितरित ५९ हजार ८ सय २७ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो।

आवेदन दिंदा न्युनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्ने छ भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ ।

सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । यदि सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिएपछि शेयर बाँकी रहेमा त्यसपछिको बढी मूल्य कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । शेयर बाँकी रहँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

छ्याङदी हाइड्रोले  माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०स्३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो  । हकप्रद निष्काशन गर्दा आवेदन नपरेको शेयर अहिले लिलाम गर्न लागिएको हो ।  कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने व्यस्था थियो।  छ्याङदीले  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। 

यस लिलामीको शेयरको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापीटलको कार्यालय नक्साल र  ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू क्रमशः १.विर्तामोड २.हनुमानदास रोड, विराटनगर ३. जनकपुर ४.आर्दशनगर, वीरगज ५. हेटौडा ६. नारायणगढ ७. न्यूरोड, पोखरा ८.बुटवल मिलनचोक ९.बाग्लुङ्ग १०.नेपालगंज त्रिभुवन चोक ११.सुर्खेत १२. घोराही, दाङ १३. धनगढी र १४. महेन्द्रनगरबाट आवेदन दिन सक्ने छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया