काठमाडौं- आगामी हप्ता रिलीज हुने नेपाली फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया रिलीजको लागि करिब २७ लाख नेपाली रुपैयाँ (३० हजार अ अष्ट्रेलियन डलर)मा बिक्री भएको जनाइएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म रिलीज अधिकार दिएका हुन् ।
दाबी गरिएअनुसार अष्ट्रेलिया रिलीजको लागि ‘चिसो एष्ट्रे’ले अन्य नेपाली फिल्महरुले भन्दा बढी पैसा पाएको हो । ‘फिल्म निर्माण कम्पनी कंगारु जनाएको छ ।
दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको यस फिल्मको ट्रेलर रिलीजपछि चर्चा पाइरहेको छ । फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको हो ।
फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया