काठमाडौं- यस साता नेपाल स्टक एक्सेन्च (नेप्से)मा दुई कम्पनीको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ ।
यस साताको बिहीबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको हो । बिहीबार लघुवित्तको २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसा देखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यसअनुसार आइतबार लघुवित्तको शेयर कारोबार खुल्नेछ ।
यस्तै, हिजो (शुक्रबार) जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको हो । शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।
लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि मूल्यको आधारमा आइतबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया