पोखरा फाइनान्सको रिक्त रहेको सञ्चालकमा दुई जना नियुक्त

४ बर्ष अगाडि

काठमाडौं, पोखरा फाइनान्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूहको रिक्त रहेको सञ्चालक पदमा डा. दीर्घमान गुरूङलाई फागुन २६ गतेदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।

त्यसैगरी, सोही बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा फागुन २६ गतेदेखि लागू हुने गरी प्रकाश गुरुङलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया