२० प्रतिशत लाभांश पारितका लागि नेशनल लाइफको साधारण सभा भोलि हुदैँ, समय कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औं वार्षिक साधारण सभा भोलि आइतबार (फागुन २९ गते) हुदैछ । सभा केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

उक्त सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले फागुन २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पारित र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया